अखिल क्रान्तिकारी दाङद्धारा भालुवाङमा जातिय विभेद बिरुद्ध प्रदर्शन



अखिल क्रान्तिकारी दाङद्धारा भालुवाङमा जातिय विभेद बिरुद्ध प्रदर्शन

भालुवाङ २४ साउन । नेकपा बिप्लप निकट अखिल क्रान्तिकारी दाङले आइतबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीको भालुवाङमा प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रिय समितीद्धारा पूर्व घोषित कार्यक्रम अन्तर्गत जातिय विदेभका बिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

भालुवाङ पुल्चोक बजारको इच्छुक चोकमा भएको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले अहिलेको बैज्ञानिक युगमा पनि हाम्रो देशमा अन्तर जातिय प्रेम गरेकै कारण नबराज बिकले ज्यान गुमाउनु पर्ने, दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारले काठमाडौँमा कोठा नपाउनु अत्यन्तै लाजमर्दो तथा आपत्तिजनक बिषय भएको बताए ।

उनले अहिलेको सरकार मात्र नभई यो शासन प्रणालीबाट जातिय विभेद सम्भव नभएको बताउँदै दलित नेता परियारले जातिय विभेद अन्त्यका लागि बैज्ञानिक समाजवादको विकल्प नभएको बताए ।

उनले बैज्ञानिक समाजबादमा मात्र जातिय विभेद अन्त्य हुने जिकिर समेत गरे । बिरोध प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारीका राप्ती ब्यूरो सदस्य अनिल केसी लगायतका बक्ताले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी दाᆰका अध्यक्ष अम्मर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे