राप्ती गाउँपालिकाको वडा नं. ९ मा कांग्रेसका क्रियाशिल सदस्यहरुसंग छलफल



राप्ती गाउँपालिकाको वडा नं. ९ मा कांग्रेसका क्रियाशिल सदस्यहरुसंग छलफल

लालमटिया २४ साउन । नेपाली कांग्रेसको १४ औ महाधिवेशनको तयारीका लागि राप्ती गाउँपालिकाको वडा नं. ९ मा क्रियाशिल सदस्यहरुसंग छलफल गरिएको छ । नेपाली कांग्रेस वडा नं. ९ का सभापति तेज बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको तयारी बारे छलफल गरिएको हो ।

जिल्ला सदस्य हरी भुसाल, युवा नेता विष्णु बहादुर घर्ती क्षेत्री, विद्याशरण चौधरी, खोपेन्द्र ज्ञवाली, कुलराज जैसी, तिर्थराज ज्ञवाली लगायतको सहभागीतामा भएकोे छलफलमा महाधिवेशनको तयारी तथा नेपाली काग्रेसको विधानमा उल्लेख गरिएका प्रमुख विषयका बारेमा जानकारी गरिएको थियो ।

छलफलमा स्थानिय नेपाली काग्रेशको सांगठानीक अवस्था, नेता कार्यकर्ताको साथ सहयोग, कार्यकर्ता भेटघाटको अवस्था, देविकोट, मुस्लीम टोल, बरडाँडा, रुपाकोट, घोसखोला, जाबुने, सल्ले लगायतका स्थानमा काग्रेश कार्यकर्ताको सक्रियता तथा कार्यकर्ताको नेपाली काग्रेश प्रतिको झुकाबबारे रेशम चुहान, गोपाल मिया, शिर बहादुर कार्की, निम बहादुर भट्टराई, शर्मा कुमारी कार्की, सालीक राम कंवर योगी लगायतले जानकारी गराए थिए।

वडा नं. ९ का क्रियाशिल सदस्य तथा साधारण सदस्यहरुलाई सम्बोधन गदै युवा नेता विद्याशरण चौधरीले आगामी १४ औ अधिवेशनमा राप्ती गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेद्धारी घोषणा गरेको बताउदै पार्टीलाई बलियो र लोकप्रिय बनाउन आफु सक्रिय रहेको र नेपाली कांग्रेसका भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुको सक्रियतालाई जोड दिनु आवश्यक रहेको बताए । चौधरीले विगतदेखी आफुले कार्यकर्ताको हितका लागि स्थलगत रुपमै काम गर्दै आएको तथा सामाजिक कार्यमा समय दिएको बताउदै कोठे राजनीति नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे।

वडा नं. ९ का क्रियाशिल सदस्य तथा साधारण सदस्यहरुलाई सम्बोधन गदै युवा नेता विष्णु बहादुर जिसीले नागरिकको मन र मत जित्न नागरिकको दुख सुखमा साथ दिनु पर्ने बताउदै नेपाली कांग्रेस राप्तीलाई बलियो बनाउन आफु लागि परेको बताए। नेता जिसीले आफु नागरिकको हरेक सुख दुखमा साथै रहेको बताउदै आगामी पाटीको अधिबेशनमा विद्याशरण चौधरीलाई सर्बसम्मत रुपमा राप्ती गाउँपालिका पाटी सभापति बनाउन आवस्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे