आज सुदूरपश्चिम बाहेकका केही ठाउँमा ठूलो वर्षाको सम्भावना



आज सुदूरपश्चिम बाहेकका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै २० साउन । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ । अहिले प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ । भोलि भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने बताएका छन् । यतिबेला देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे