देउखुरीको कालाकाटेबाट स्वचालित पेस्तोल, म्यागजिन र गोली सहित दुई जना भारतीय नागरिक पक्राउ



देउखुरीको कालाकाटेबाट स्वचालित पेस्तोल, म्यागजिन र गोली सहित दुई जना भारतीय नागरिक पक्राउ

भालुवाङ १९ साउन । दाङमा प्रहरीले स्वचालित पेस्तोल सहित भारतीय दुई जनालाई पक्राउ गरेको छ । देउखुरीकाे गढवा गाउँपालिका १ जुरौलीबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति र हतियार सहितका बस्तुहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ बर्षिय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको बताएका छन् । प्रहरीले हतियार सहित मानिस आउदै गरेको सूचना पाएपछि ग्रहाक बनेर उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिन सफल भएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनिहरुका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धामा अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे