दाङमा मंगलबार थप २३ जना कोरोना संक्रमण पुष्टि, २१ जना संक्रमण मुक्त
दाङ १९ साउन । दाङमा मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १२ जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा आज संक्रमित भएकासहित कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ४१ पुगेको छ । जसमध्य १ सय १८ जना होमआइसोलेसनमा, अक्सिजन सहितको उपचारमा १७ जना र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना कोरोना मुक्त भएका छन् । साथै जिल्लामा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ४ सय ९२ जना रहेको छ भने ८ हजार १ सय ४३ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्