दाङकाे राप्ती स्वास्थ्य प्रतिष्ठानमा अक्सिजन प्लान्टको उद्घाटन



दाङकाे राप्ती स्वास्थ्य प्रतिष्ठानमा अक्सिजन प्लान्टको उद्घाटन

तुलसीपुर, १८ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अक्सिजन प्लान्टको उदघाटन गरिएको छ । प्रतिष्ठानमा सोमवार एक कार्यक्रमको आयोजना गरी प्लान्टको विधिवत रुपमा उदघाटन गरिएको हो ।

प्रतिष्ठान अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायणप्रसाद भुसालले सयुक्त रुपमा प्लान्टको उदघाटन गरेका हुन् । प्रतिस्ठानमा प्लान्टले दैनिक १०० सिलिन्डर क्षमताको अक्सिजन उत्पादन गर्न सुरु गरेको छ । यस्तैगरी अर्को अक्सिजन प्लान्टको निर्माण कार्य तिब्र गतिमा भईरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे