तुलसीपुर क्षेत्रमा आज सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई खोप लगाईदै



तुलसीपुर क्षेत्रमा आज सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई खोप लगाईदै

तुलसीपुर १८ साउन । तुलसीपुर क्षेत्रमा आज सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई कोरोना विरुद्धको जनसेन एण्ड जनसेन खोप लगाउन लागीएको छ । तुलसीपुर ९ अटोभिलेज नजिकै रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटिको कार्यालयमा खोप लगाईने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार विहान ११ बजेदेखी त्यहाँ यातायात मजदुरहरुलाई खोप लगाउने तयारी गरिएको छ । खोप लगाउनका लागी आफनो परिचय पत्र सहित उपस्थित हुन संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे