नेपालमा आईतबार थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि , २,०२० जना संक्रमणमुक्त १८ जनाको मृत्यु



नेपालमा आईतबार थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि , २,०२० जना संक्रमणमुक्त १८ जनाको मृत्यु

काठमाण्डाै १७ साउन । पछिल्लो २४ घण्टामा देशभर दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५९ हजार तीन सय सात जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप १८ जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएकाे छ । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे