बिमला वली फेरि एमालेमै फर्किएको कोमल वलीको दाबी



बिमला वली फेरि एमालेमै फर्किएको कोमल वलीको दाबी

दाङ १७ साउन । राष्ट्रिय सभाकी सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीले प्रदेश सभा सांसद बिमला खत्री वली पुनः एमालेमा फर्किएको बताएकी छन् । फरककोणसंगको फोन सम्बादतमा उनले सांसद वली पुनः एमालेमै फर्किएको दाबी गरेकी हुन ।

‘हामीले संझाई बुझाई गरेपछि बिमला फेरि एमालेमा आउनु भएको हो,’ वलीले भनिन् ‘ उहाँ हाल नेपालगञ्जमा बस्नु भएको छ र मसंग निरन्तर फोन संबाद भइरहेको छ ।’

राष्ट्रिय सभाका सदस्य वलीका अनुसार आँफुहरुले बिमलालाई उनका श्रीमान उत्तर एमालेबाट निर्वाचित भएको र त्यही कारण उनको ठाउँमा एमालेले टिकट दिएको कुरा संझाई बुझाई गरेपछि उनी फर्किन राजी भएकी हुन । यसअघि सम्म उनी घाँटीमा समस्या उत्पन्न भएकाले नेपालगञ्जमा उपचाररत रहेको भन्ने खबर दिइएको थियो ।

शुक्रबारदेखि बिमला नेकपा माओबादी केन्द्रसंग सम्पर्क बिहिन रहँदै आएकी छन् । कतिपयले उनलाई एमालेले लुम्बिनी प्रदेशको राजनीतिक समिकरण आफ्नो पक्षमा पार्नका लागि बन्धक बनाएको आरोप लगाउँदै आएका छन् । नेकपा माओबादी लुम्बिनी प्रदेशले शनिबार जारी गरेको बिज्ञप्तिमा पनि सोही आरोप लगाएको छ ।

आफ्ना श्रीमान तथा नेकपा एमालेका नेता उत्तरकुमार वलीको सवारी दूर्घटनामा मृत्यु भएपछि रिक्त रहेको स्थानमा भएको उपनिर्वाचनमा बिमलालाई नेकपाले उम्मेदवार बनाएको थियो । उनी दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित भएकी थिइन ।

तर, पछिल्लो समय एमाले र माओबादी सर्वौच्चका कारण पूर्वबत अवस्थामा फर्किएपछि बिमलाले नेकपा माओबादी केन्द्र रोजेकी थिइन । दलहरुका बीचमा आफ्नो पक्षमा बहुमत पु¥याउनका लागि सांसद किन बेचको खेल भइरहेको हल्लाहरु ब्याप्त बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे