नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त



नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाण्डाै १७ साउन । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २५ गते सकिने भएकाले साउन २५ गतेदेखि घर बिदामा बस्दै अाएका छन् । थापा घर बिदामा बस्न लाग्नुभएकाले जेष्ठताका क्रममा रहनुभएका शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायममुकायम नियुक्त गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे