कैलालीकाे कान्द्रा नदीमा नुहाउन गएका तीन बालिकाको मृत्यु



कैलालीकाे कान्द्रा नदीमा नुहाउन गएका तीन बालिकाको मृत्यु

कैलाली १७ साउन । कैलालीको भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ । शुक्रबार नुहाउने क्रममा भजनी नगरपालिका-९ डोङपुरका धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह, रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी र धनबहादुर सिंहकी ६ वर्षीया छोरी अनु सिंहको मृत्यु भएको हो ।

लक्ष्मी र जेनीको शव शुक्रबार नै फेला परेको थियो भने बेपत्ता भएकी अनुको शव शनिबार फेला परेको हो । शनिबार बिहान साढे ७ बजेतिर सोही नदीको करिब ३ किलोमिटर पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । कान्द्रा नदीमा नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे