देउखुरीकाे लमहीमा एक्कासी कच्ची घर भत्किदा क्षति



देउखुरीकाे लमहीमा एक्कासी कच्ची घर भत्किदा क्षति

दाङ १७ साउन । दाङको लमहीमा गएराति टिनले छाएको कच्ची घर भत्किएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलही निवासी सानू चाैधरीकाे टिनले छाएकाे कच्ची घर एक्कासी भत्किएको हाे । चार काेठे कच्ची घर भत्किदा घरमा रहेको सम्पूर्ण सामान ईट्टा र टिनकाे छाप्रोले च्याप्पिएकाे छ ।

घरमा रहेको खाद्यान्न, लुगालत्ता, भाडाकुडा, सुत्ने पलंग, लगायत सबै चयाप्पिएकाे सानू चाैधरीले बताए । घर भत्किएपछि रातभर जागराम बसि रात विताउन बाध्य भएको पिडित निमा चाैधरीले बताए ।

बेलुका पाँच जनाकाे परिवार खाना खाएर राम्रोसँग सुतेका थियो । राति दुई बजे तिर एक्कासी घर भत्किएपछि ९ वर्षिय छाेरा मिलन चाैधरीलाई ईट्टाले च्यापेकाे थियो । छाेराकाे मुख, हात र टाउकोमा सामान्य चाेक लागेको छ । भत्किएको घरले छेवैमा रहेको छिमेकी शिवु चाैधरीकाे भान्सा समेत भत्किएको छ । भान्सामा रहेको सबै सामानमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे