विभन्न निर्णय गर्दै समाजवादी पार्टी नेपाल दाङकाे बैठक सम्पन्न



विभन्न निर्णय गर्दै समाजवादी पार्टी नेपाल दाङकाे बैठक सम्पन्न

भालुवाङ १७ साउन । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समितीको बैठक शनिबार दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालको प्रमुख आतित्थ्यतामा भएको बैठकले विश्व महामारी कोभीड -१९ का कारण ज्यान गुमाउने मृतकहरुप्रती हार्दिक भावपुर्ण श्रध्दान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धै-धारण गर्ने क्षमताको कामना गर्दै संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले बर्तमान राजनैतिक परिस्थीती, जनस्तरमा पार्टिको भूमिका, केन्द्र, प्रदेश र स्थानिय तहका सरकारहरुको कार्य प्रणाली , शैक्षिक क्षेत्रमा भएका समस्याहरु, सरकारले हालसम्म व्यापारी उधोगी, किसान , मज्दुरहरुलाई कोभिडको खोपलगाउने ब्यवस्थामा गरेका ेढिलाई, कोभिड -१९ का कारण मृत्यूभएका मृतकका परिवारहरुलाई लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने भनेको एकलाख रुपैयाँ राहत दाङले उपलब्ध गराउन नसक्नु लगायतको बिषयमा छलफल गरेको छ ।

त्यस्तै बैठकले राप्ती नदी तथा चुरे क्षेत्र अन्तर्गत का खहरेखोलाहरुमा मापदन्ड बिपरित गरेकोअत्यधिक दोहन तथा उत्खनन् का करण बाढि पहिरोको प्रकोप बढ्नुका साथै राष्ट्रिय गौरवका योजनाहरु, नदितटिय क्षेत्रका बस्तीहरु, जलचरप्राणीहरु को बासस्थान समेत संकटमा परेको लगायतका बिषयहरु मा व्यापक छलफल भएको थियो ।

बैठकले सम्बन्धित क्षेत्रका, सरोकारवाला निकायहरुलाई ध्यनाक्रषण गराउने निणर्य गर्नुका साथै कैलाली घटना मा थारुसमुदायको माग र मुद्धालाई लियर भएको घटनाका कारण हाल सम्म पनि नेल र हतकडी सहित जेलमा रहनु भएकामा. रेशम चौधरीको मुद्धा राजनैतिक भएकोले राजनैतिक रुपमा हलगर्न सरकारलाई जोडदारमाग गर्दै सम्पन्न भएको छ । कार्यक्रमको संचालन जिल्ला सचिब लक्षमी चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे