भुटान सरकारले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज अस्ट्राजेनेकाको खोप उपलब्ध गराउने



भुटान सरकारले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज अस्ट्राजेनेकाको खोप उपलब्ध गराउने

काठमाण्डौ १७ साउन। भुटान सरकारले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको सरकारका एक उच्च अधिकारीले जानकारी दिनुभयो । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको उनले बताए । नयाँ दिल्ली स्थित नेपाली दूतावासले पनि भुटान सरकारसँग संवाद अघि बढाएको उनले बताए ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधा अन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो ।
आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि बचत भएको ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे