मेलम्चीमा फेरि बाढी, नदी किनारका स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारियो



मेलम्चीमा फेरि बाढी, नदी किनारका स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारियो

काठमाण्डाै १७ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

उहाँका अनुसार हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ । तर, कुन ठाउँमा पहिरो गयो भन्नेबारे यकिन भएको छैन । बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।

हिजो बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि गएको असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।  त्यतिबेला आएको बाढीका कारण मेलम्ची, हेलम्बु लगायत त्यस क्षेत्रमा ठूलो नोक्सानी भएको छ । बाढीमा परेर हराइरहेका १५ जना अझै भेटिएका छैनन् भने ५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे