मेलम्चीमा आएको बाढीले ‘रेडियो मेलम्ची’ पनि बगायो



मेलम्चीमा आएको बाढीले ‘रेडियो मेलम्ची’ पनि बगायो

काठमाण्डाै १७ साउन । मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।

बाढी आउनु अघिको रेडियोको भवन

राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।

असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन।

गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भने ।

गएराति आएको बाढीले रेडियोको भवन बगाए पछिको तस्बिर ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे