कोरोना खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका स्वास्थ्यकर्मीमाथि हातपात



कोरोना खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका स्वास्थ्यकर्मीमाथि हातपात

काठमाण्डौ  १६ साउन । कोरोना विरुद्धको खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका एक स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । शनिबार बिहान भेरोसेलको पहिलो मात्रा खोप लगाउने काममा खटिएका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण भएको पालिकाले जनाएको छ ।

ग्राण्डी अस्पताल परिसरमा खोप लगाउने क्रममा नेपाल सरकारले तोकेको खोप लाउने समूहभित्र नपर्ने राम काजीसहित केही व्यक्तिले स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको हो । पचास वर्षभन्दा माथिकालाई मात्र हो खोप लगाउने भन्दा ‘तँ को होस् यस्तो भन्ने’, भन्दै आफूमाथि हातपात गरेको गैरेको भनाइ छ ।

महामारीको समयमा बिदाको दिन पनि काममा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गर्दै पालिकाका कर्मचारीले संयुक्त विज्ञप्ति निकालेका छन् । राजनीतिक शक्तिको आडमा अपराधीलाई आश्रय दिने काम गर्दा यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै विज्ञप्तिमार्फत् सम्बन्धित सबै निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे