पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा एमालेको विघटित एकता कार्यदलका नेताहरुको जोड



पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा एमालेको विघटित एकता कार्यदलका नेताहरुको जोड

काठमाण्डौ १६ साउन । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन ।  नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

नेपाल पक्षले पार्टी भित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे