शनिबार देशभर थप ३,१०६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९१६ जना संक्रमण मुक्त, २३ जनाकाे मृत्यु



शनिबार देशभर थप ३,१०६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९१६ जना संक्रमण मुक्त, २३ जनाकाे मृत्यु

काठमाण्डाै १६ साउन । पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ६३ जनाको पीसीआर र चार हजार दुई सय ५६ जनाको एन्टीजेन गरी १३ हजार पाँच सय १९ जनाको परीक्षण गर्दा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झण्डै २३ प्रतिशत हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५६ हजार सात सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय १६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५४ हजार एक सय ७७ जना पुगेको छ । थप २३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ५७ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार तीन सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे