लुम्बिनी प्रदेशकी सांसद विमला वली फेरि एमालेमा प्रवेश



लुम्बिनी प्रदेशकी सांसद विमला वली फेरि एमालेमा प्रवेश

दाङ १६ साउन । नेकपाबाट निर्वाचित भएर केही समय माओवादी गतिबिधिमा सहभागी भएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः एमालेमा फर्किएकी छिन् । उहाँ पछिल्लो सातादेखि माओवादीको सम्पर्कबाट बाहिर रहेकी छिन् ।

सोही कारण माओवादीले वली हराएको भन्दै एकोहोरो प्रचार गरिरहेको छ । वलीले पत्रकार सम्मेलन नै गरेर आफूले माओवादी रोजेको बताउनुभएको थियो । यद्यपी उहाँ त्यसअघि एमालेको बैठकमा सहभागी भएकाले माओवादी बन्न नसक्ने तर्कहरू पनि प्रस्तुत भएका थिए ।

लुम्बिनीका एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको बताएका छन् । माओवादीले हराएको भनेर खोजिरहेकी सांसद वली दाङमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे