दाङमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै



दाङमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै

दाङ १५ साउन । दाङमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ  । अमेरिकाबाट आएको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप  आज र भोली दाङको पालिकाहरुबाट करिव २३ हजार ६ सय बढि नागरिकहरुलाई लगाईने भएको छ ।

दाङका १० वटै पालिकाहरुकाका खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । दाङका ९ वटा पालीकामा आज र भोली खोप लगाईदै छ भने घोराहीमा १७ गते ५० बर्ष देखि ५४ बर्ष उमेर समुहका नागरिकलाई २३ हजार ६३४ खोप दिने तयारी रहेको फोकल पर्सन चन्दले बताए ।

जसमा बबईमा १ हजार १ सय ६९, बंगलाचुलीमा ९ सय ८२, दंगीशरणमा ९१३, गढवामा १ हजार ७२५, घोराहीमा ६ हजार ७ सय १, लमहीमा १ हजार ९ सय १३, राजपुरमा ९५५, राप्तीमा १ हजार ७५३, शान्तीनगरमा १ हजार १३९ र तुलसीपुरमा ६ हजार ३८४ गरि जम्मा २३ हजार ६ सय ३४ जना नागरिकलाई खोप लगाईने उनले बताए ।

यसैगरी अत्यावश्यक सेवाका नागरिक, विदेश जाने नागरिक, र क र ख बर्गका अपाङ्गता भएका नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप लगाउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे