दाङमा २५,३३५ जनालाई पुग्ने गरी जोन्सन खोप आइपुग्यो



दाङमा २५,३३५ जनालाई पुग्ने गरी जोन्सन खोप आइपुग्यो

दाङ ११ साउन । दाङमा अमेरीकामा उत्पादन भएको कोरोना बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप आईपुगेको छ । ५ हजार ६७ भायल खोप आज आईपुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

उक्त एउटा भायल खोप ५ जनालाई लगाउन मिल्ने र एक डोज लगाए पुग्ने छ । यसरी ५ हजार ६७ भायल खोप २५ हजार ३ सय ३५ जना नागरिकलाई लगाईने स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

उक्त खोप ५० देखी ५५ बर्ष मुनीका नागरिक, अपांगता भएका क र ख बर्गका नागरिक, विदेश जानका लागि खोप आबस्यक पर्ने व्यक्ति र अत्याबस्यक सेवा क्षेत्रमा पर्ने व्यक्तिहरुलाई लगाईने भएको छ ।

खोप यही साउन १५ गते देखी घोराही उपमहानगरपालिका बाहेकका ९ स्थानिय तहमा र १७ गते देखी घोराही उपमहानगरपालिकाका नागरिकहरुलाई लगाउने निर्णय भएको प्रमुख शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे