नेपाल पत्रकार महासंघ दाङ शाखाको महिला विभाग संयोजकमा : गौतम



नेपाल पत्रकार महासंघ दाङ शाखाको महिला विभाग संयोजकमा : गौतम

दाङ ११ साउन । नेपाल पत्रकार महासंघ दाङ शाखाले महिला विभाग गठन गरेको छ । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले महिला विभाग गठन गरेको हो । गठित महिला विभागको संयोजकमा बसुन्धरा गौतम, सचिवमा दीप्तीशीखा चौधरी, सदस्यहरुमा यमकला भुषाल, अञ्जना चौधरी र उमा भण्डारी रहनुभएको छ ।यसै गरी बैठकले पत्रकार महासंघ केन्द्रिय समितिले युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालन गरेको परियोजना अन्तरगत गठीत फ्रि मिडिया नेटवर्कको आयोजनामा यही साउन २२ गते शुक्रवार वकालत रणनितिक निर्माण सम्बन्धी एकदिने कार्यशाला गर्ने निर्णय गरेको छ ।त्यस्तै पत्रकार महासंघ दाङका पूर्व सचिव एवं राष्ट्रिय परिषद् सदस्य सुदर्शन रिजाल र साधारण सदस्य राधा पौडेलले स्व.आमाको स्मृतिमा स्थापना गरेको पुरस्कारको रकम थप गरि एक लाख रुपैयाको अक्षयकोष स्व. वुवा मिनराज रिजाल र स्व.आमा टीकादेवी रिजालको स्मृतिमा नेपाल पत्रकार महासंघ दाङमा स्थापना गरेकाले मिनटीका विकास पत्रकारिता पुरस्कारको लागी अक्षयकोष स्थापना गर्ने रिजाल परिवारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे