दाङमा आज थप १७ जनामा कारोना संक्रमण पुष्टि, १० जना कोरोना संक्रमण मुक्त



दाङमा आज थप १७ जनामा कारोना संक्रमण पुष्टि, १० जना कोरोना संक्रमण मुक्त

घोराही ११ साउन । दाङमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा १० महिला र ७ पुरुष गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका १२ र तुलसीपुरका ४ र लमहिका एक जना रहेका छन् । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १४ पुगेको छ । ति मध्य ९५ जना घरमा, अक्सिजन सहितको उपचारमा १३ जना र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यस्तै आज १० जना कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ३ सय ८१ जना रहेको छ । त्यस्तै बैशाख यता २ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे