दाङमा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ



दाङमा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

तुलसीपुर ११ साउन । तुलसीपुरबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । आइतबार बेलुका ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका १२ घर भई हाल तुलसीपुर ६ स्थित कोठा भाडा लिइ बस्दै आएका २७ वर्षिय राज कुमार वलीलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ स्थित तुलसीपुर अमिलिया सडक खण्डमा नेपालगञ्जदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १७१८ नम्बरको गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार वलीलाई फेलापारी उनले बोकेको झोलाभित्र कालो प्लाष्टिकमा पोको पारेर राखेको ७ ग्राम ६६ मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ । साथै उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे