राप्ती घाटमा ठूलो मात्रामा फालिएका म्याद गुज्रिएका पेय पदार्थ खाडलमा पुरियाे



राप्ती घाटमा ठूलो मात्रामा फालिएका म्याद गुज्रिएका पेय पदार्थ खाडलमा पुरियाे

लमही ११  साउन । लमही नगरपालिका वडा नम्बर ६ स्थित मध्यनगरको राप्ती घाटमा ठूलो मात्रामा फालिएका म्याद गुज्रिएका पेय पदार्थहरु ब्यवस्थापन गरिएको छ ।देउखुरी उधोग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशबराज पोख्रेल, वडा प्रहरी कार्यालय लमही, वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, सदस्य कृष्ण बहादुर खत्री लगायतको रोहबरमा ती सामाग्रीलाई खाल्डो खनेर पुरिएको हो ।

पहेलो रङ्ग को फ्रेस, कालो कलरको कोल्ड कोला, हरियो कलरको माचो ड्यु लगायतका ढाई सय र पाँच सय एमएलको पेय पदार्थ राप्तीको तिरमा फालिएको थियो ।ती पेय पदार्थ कस्ले कहाँ बाट लिएर फाल्यो भन्ने कुराको कुनै जानकारी छैन । म्याद गुज्रिएका पेय पदार्थमा मनकामना फ्रुट एन्ड वेभरेज प्राइभेट लिमिटेड अर्जुन धारा ५ झापा उल्लेखित छ ।

म्याद गुज्रिएका सामाग्री ल्याएर मानव वस्ती नजिकै लिएर फाल्नु गलत भएको भदै देउखुरी उधोग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले मानव स्वास्थ्यमा असर पर्ने गरि अब्यवस्थित तरिकाले फाल्ने जो कोही भएपनी कडा कारबाही गरिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे