नेपालमा आज एकै दिन ३४२१ जनामा काेराेना संक्रमण पुष्टि, १६८६ जना निको २५ जनाकाे मृत्यु



नेपालमा आज एकै दिन ३४२१ जनामा काेराेना संक्रमण पुष्टि,  १६८६ जना निको २५ जनाकाे मृत्यु

काठमाण्डाै ११ साउन । पछिल्लो २४ घण्टामा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार दुई सय ७२ जनाको परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झन्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३८ हजार नौ सय १८ जना पुगेको छ । यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४५ हजार तीन सय एक पुगेको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ३८ पुगेको छ । अहिले नेपालमा २७ हजार नौ सय आठ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे