दाङमा आईतबार थप ४ जनामा काेराेना संक्रमण पुष्टि, ३० जना संक्रमण मुक्त



दाङमा आईतबार थप ४ जनामा काेराेना संक्रमण पुष्टि, ३० जना संक्रमण मुक्त

दाङ १० साउन । दाङमा आज ३० जना कोरोना मुक्त भएका छन् । जस अनुसार घोराहीका १७, तुलसीपुर र लमहीका पाँच पाँच र राप्तीका ३ जना गरी ३० जना संक्रमित कोरोना मुक्त भएका हुन् ।

यो सँगै गएको बैशाख यता दाङमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ४९ जना पुगेको छ । यसैगरी, आज दाङमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

घोराही, तुलसीपुर, लमही र शान्तिनगरका एक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा संक्रमण देखिएको आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थपिएका सहित अहिले जिल्लामा सकृय बिरामीको संख्या १ सय ७ जना रहेको छ । उनिहरु मध्य ८५ जना घरमा, १६ जना अक्सिजन सहितको उपचारमा र ६ जना आईसियूमा रहेका छन् । बैशाख यता दाङमा ८ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ भने २ सय ७ जनाको मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे