दाङकाे राप्ती स्वास्थ्य प्रतिष्ठानमा अक्सिजन प्लान्ट, दैनिक एक सय सिलिण्डर उत्पादन



दाङकाे राप्ती स्वास्थ्य प्रतिष्ठानमा अक्सिजन प्लान्ट, दैनिक एक सय सिलिण्डर उत्पादन

दाङ १० साउन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा संघ सरकारले उपलब्ध गराएको २ करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

प्रतिष्ठानले दैनिक एक सय वटा सिलिण्डर अक्सिजन उत्पादन गर्न थालेको जनाएको छ । कोरोना महामारीका बेला अक्सिजन निकै अभाब भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै उक्त बजेट पठाएको थियो ।

कोरोनाको तेस्रो लहर सँगै अस्पतालमा अन्य बिरामीहरुका लागि पनि अक्सिजन आबस्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ ।

कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आबस्यक पर्ने अबस्था देखिदै गएकाले पनि दिर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपती डा. संगिता भण्डारीले जानकारी दिइन् ।

यस अघि दाङमा दाङ अक्सिजन उद्योग प्राली झिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको र उत्पादन क्षमता बढाउन लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे