दाङमा एक बर्षमा ४ हजार ७४ युनिट रगत संकलन



दाङमा एक बर्षमा ४ हजार ७४ युनिट रगत संकलन

दाङ १० साउन । दाङमा रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको छ । रक्तदान जीवन दान भन्ने सोचको बिकास हुदै जाँदा अप्ठेरोमा परेकालाई मात्रै नभई स्वतस्फूर्त रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको हो ।

विभिन्न अबसर सँगै अभाबको समाचार आए पछि रक्तदान गर्नेहरुको कमि नरहेको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरि वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

बितेको आर्थिक वर्ष २०७७÷७८ मा दाङमा ४ हजार ७४ युनिट रगत संकलन भएको जानकारी दिएको हो । घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३ सय ९० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले जानकारी दिए ।

एक वर्षको अवधिमा संकलत भएको रगत मध्य ४ हजार ४५ युनिट रगत वितरण भएको छ । जसमा घोराहीबाट २५ सय ६१, तुलसीपुरबाट एक हजार ४५ र लमहीमा ४ सय ३९ युनिट रगत वितरण भएको छ ।

रक्तदान गर्नेहरुमा ३ हजार ४ सय ९ जना पुरुष र ६ सय ६५ जना महिला रहेका छन् । यस वर्ष सवै भन्दा वढि अनेरास्ववियू दाङले ५ पटक रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै त्रिभुवन नगर जेसिज घोराहीले यस वर्ष ४ पटक रक्तदानको कार्यक्रम गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे