देउखुरीकाे अर्नहवामा मोटरसाईकल दुर्घटना परी मृत्यु भएका युवकको परिचय खुल्यो



देउखुरीकाे अर्नहवामा मोटरसाईकल दुर्घटना परी मृत्यु भएका युवकको परिचय खुल्यो

देउखुरी १० साउन ।  गएराति दाङको लमही नगरपालिका वडा नं ४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा मृत्यु भएका युवकको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं १ सिमलतरामा बस्दै आएका २९ वर्षका युवराज राना रहेका छन् ।

दुर्घटनाको एकिन कारण खुल्न नसके पनि तिब्र गतिका कारण भएको हुन सक्ने अनुमान छ । गएराती दुर्घटना भएपनि रानको शव स्थानीले विहान मात्र झाडीमा देखेका थिए ।

अहिले मृतक रानाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल दुर्घटनामा हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे