दाङकाे तुलसीपुरबाट जरायोको सिंङ सहित ३ जना पक्राउ



दाङकाे तुलसीपुरबाट जरायोको सिंङ सहित ३ जना पक्राउ

तुलसीपुर १० साउन । तुलसीपुरमा प्रतिबन्धित वन्यजन्तु जरायोको सिंङ (ओखेटोपहार) सहित ३ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोला नजिक वन्यजन्तु जरायोको सिंङ बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जरायोको सिंग (ओखेटोपहार) सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

बबई गाउँपालिका १ गंगटे निवासी २२ वर्षिय विनोद डाँगी नाम बताउने जीवन घर्ती, सोही पालिका हापुरेका अन्दाजी ३९ वर्षिय इन्द्र बहादुर केसी र सल्यान शारदा नगरपालिका ४ साईलाकम्दा निवासी २२ वर्षिय विनोद वली पक्राउ परेका छन् ।

साथै उनीहरुको साथबाट दुई वटा सिंङ एकैमा २ वटा हाँगा भएको दुई थान जरायो सिंग बरामद गरेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ । त्यस्तै जरायोको सिंङ एउटाको ५० लाखमा डिल भएपछि विक्रीका लागि ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे