देउखुरीमा तरकारीको मूल्य आकासियो



देउखुरीमा तरकारीको मूल्य आकासियो

लमही २८ असार । दाङकाे देउखुरीमा तरकारीको तरकारीको मूल्य आकासियो छ । किसानहरुले उत्पादन गरेकाे तरकारी सबै बर्षाले मरेकाे र बाहिर जिल्लाबाट तरकारी ल्याउनु पर्ने बाध्यता रहेकाले तरकारीकाे मूल्य बढेकाे लमही सब्जि मन्डिका ब्यापारि गितेश गुप्ताले बताए ।

अहिले ३० देखि ४० प्रतिशतमा सबै तरकारीमा मूल्य बृद्वि भएको उनको भनाइ  छ । अहिले बजारमा गाेभी फुल ९० रुपैयाँ प्रति किलाे,  गाेभी बन्दा ७०, करेला ८० ,बाेडि ८०, टमाटर ५०, आलु पुरानो ३५, आलु नयाँ ४० रुपैया, सिम्ला  खुर्सानी १२०, परवर १२०, लाैका ५०, भाटा ५०, घिराैला ५०, फर्सी ३०, लसुन १२०, काक्रा ४०, प्याज ६० रुपैयाँ प्रति किलाेमा बिक्री वितरण भइरहेकाे छ ।

तरकारी अहिले सल्यान, बुटवल, नारायणघाट र दाङको हाेलेरीबाट पनि आउने गरेकाे छ । याउने गरेकाे छु ।उहाँ अधिकारी मात्रै हाेइन ,सबैकाे अहिले यस्तै अबस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे