गाउँपालिकाबाट बंगुरका पाठा पाउँदा स्थानीय खुसी



गाउँपालिकाबाट बंगुरका पाठा पाउँदा स्थानीय खुसी

गढवा २८ असार । गढवा गाउँपालिका वडा नं.७ कि रामकुमारी चौधरीले सोमवार बोरामा हालेर बंगुरको पाठो ल्याउँदै थिइन् । गाउँपालिकाले निशुल्क बंगुरको पाठा दियो, बोरामा बोकेर घर जादै छु–चौधरीले असाध्यै खुसी ब्यक्त गरिन् ।

सोमवार गढवा ६ कि गिता चौधरी पनि बंगुरको पाठा लिन भनी गढवा गाउँपालिकामा आइन् । पालिकाबाट बंगुरको पाठो पाएपछि त्यसलाई पालेर आयआर्जन गर्ने उनले बताइन् । त्यस्तै गढवा ५ की शुसिला चौधरी र गढवा ६ कि जमोत्री चौधरी पनि गाउँपालिकामा निशुल्क बंगुरको पाठो पाउँदा खुसी देखिन्थे । यो पाठो लगेर ६ महिना पालेभने यसले १ दर्जन जन्माउँछ, त्यसबाट राम्रो आय आर्जन हुन्छ–चौधरीले खुसी हुदै भनिन् ।

गढवा गाउँपालिका सोमवार मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत एकल महिला तथा बिपन्न र सिमान्तकृत ९५ जना नागरिकहरुलाई बंगुरका पाठा वितरण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र मुख्यमन्त्री रोजगार कार्यक्रमका संयोजक गिरिराज भट्टको उपस्थितीमा ६६ जना सिमान्तकृत वर्गका नागरिकहरुलाई निशुल्क बंगुरका पाठा वितरण गरिएको हो ।

यस अघि गाउँपालिकाका अध्यक्ष सहजराम यादवको उपस्थितिमा २९ जना नागरिकहरुलाई बंगुरका पाठा वितरण गरिएको थियो । बंगरका पाठा गढवा गाउँपालिका वडा नं. १ कालाकाटे स्थित पबित्रा बंगुर फर्मबाट आपुर्ति गरिएको गाउँपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमबाट यस अघि गढवा गाउँपालिका बिभिन्न वडाका २० जना युवाहरुलाई कम्प्युटर हार्डवेयर तालिम,२२ जनालाई पलम्बिङ तालिम र २५ जनालाई इलेक्ट्रिकल्स तालिम प्रदान गरि युवाहरुलाई स्वरोजगार उन्मुख बनाइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे