नेपालमा थप २३७० जनामा कोरोना सङ्क्रमण पुष्टि ११३३ जना निको १८ जनाको मृत्यु



नेपालमा थप २३७० जनामा कोरोना सङ्क्रमण पुष्टि ११३३ जना निको १८ जनाको मृत्यु

काठमाण्डाै २८ असार । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५७ हजार एक सय ३९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ हजार तीन सय १९ जना गरी कुल सात लाख एक हजार चार सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ९० जना र तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ जना पुगेको छ ।  याे अवधिमा थप १८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोनाका कारण कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय पुगेको छ । अहिले नेपालमा २६ हजार सात सय १२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे