गढवामा आम्दा नेपालद्धारा करोडौंका स्वास्थ्य संरचना बन्दै



गढवामा आम्दा नेपालद्धारा करोडौंका स्वास्थ्य संरचना बन्दै

गढवा २८ असार । आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजना मार्फत गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा करोडौंका स्वास्थ्य संरचना बन्दै गरेका छन् । गतबर्ष झण्डै एक करोड ७० लाखको लागतमा गढवा गाउँपालिकाको वडा नं. १ कालाकाटे र वडा नं.२ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई भवन तथा गढवा ८ को मुसी नाका र खबरी नाकामा गाउँघर क्लिनीक भवन निर्माण सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको आम्दा नेपालका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिए ।

यसबर्ष झण्डै डेढ करोड हाराहारीको लगानीमा गढवा गाउँपालिका वडा नं. ३ महदेवा र वडा नं.३ गोबरडिहामा २ वटा सामुदायिक स्वास्थ्य इकाई भवन र वडा नं. ५ स्थित कक्रहवा तथा वडा नं. ६ को खबरीखुटीमा गाउँघर क्लिनीक भवनहरु बन्न सुरु भएको गाउँपालिकाले जनाएको छ । यसै बिच सोमवार एक कार्यक्रमका बिच गढवा ३ महदेवा र गढवा ४ गोबरडिहामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका छन् ।

महदेवा स्थित सामुदायिक स्वास्थ्य भवनको लागत ५० लाख १६ हजार ४ सय १३ रहेको छ भने गोबरडिहा स्थित सामुदायिक स्वास्थ्य इकाई भवनको लागत ५० लाख ७० हजार ४ सय १ रुपियाँ गरि चारवटै संरचनाको कुल १ करोड ४१ लाख ४२ हजार बजेट रहेको आम्दा नेपाल मातृ तथा शिसु स्वास्थ्य परियोजनाका इन्जीनियर नविन अधिकारीले जानकारी दिए ।

त्यसै गरी कक्रहवामा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीक भवनको २० लाख १२ हजार १२ रुपैयाँ रहेको छ भने खबरीखुटीमा निर्माण हुन थालेको गाउँघर स्वास्थ्य क्लिनीकको लागत २० लाख ४३ हजार ३ सय २० रहेको उनले जानकारी दिए । उपरोक्त भवनहरु ब्नाउनका लागि ड्रिम वे कण्ट्रक्सन कम्पनी प्राली संग ६ महिना भित्र तयार गर्नेगरी संझौता भई सकेको प्रबन्र्धक रुचालले जानकारी दिए ।

आम्दा नेपालले बिगत २ बर्ष अगाडी देखि गढवा गाउँपालिकामा समन्वय र सहकार्य गर्दै मातृ तथा शिशु स्वास्थ्य परियोजना संचालन गरि कोभिड १९ बिपद् प्रतिकार्यका गतिविधी र सामुदायिक सचेतनाका धेरै कार्यक्रमहरु संचालन गरिहेको र गाउँपालिकाका लागि स्वास्थ्य संरचना सहितका भवनहरु समेत निर्माण गर्दै आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । वडा नं. २ महदेवामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष भक्तु चौधरीले गरेका थिए भने वडा नं. ३ को गोबरडिहामा भएको शिलान्यास कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तुलसीराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे