रेडियो राप्ती तथा राप्ती टेलिभिजनको स्टेशन म्यानेजरमा गुप्ता चयन, कार्य समिति हेरफेर



रेडियो राप्ती तथा राप्ती टेलिभिजनको स्टेशन म्यानेजरमा गुप्ता चयन, कार्य समिति हेरफेर

भालुवाङ २६ असार । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनको कार्यसमिति हेरफेर गरिएको छ । राप्ती गाउँपालिका २ लालमटियाबाट सञ्चालित रेडियो र टेलिभिजनको व्यवस्थापकीय पक्षलाई अझ क्रियाशिल बनाउन कार्यसमिति हेरफेर गरिएको छ । कर्मचारीको जिम्मेवारी समेत बाँडफाड गरिएको छ ।

सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा शनिवार बसेको बैठकले सञ्चालक समितिको उपाध्यक्ष टोपबहादुर कार्कीलाई पदउन्नती गरी वरिष्ठ उपाध्यक्षमा र पूणर्बहादुर बुढाथोकीलाई उपाध्यक्षमा मनोनित गरेकाे छ । भने बाँकी पदाधिकारीहरुमा कुनै हेरफेर गरिएकाे छैन । त्यसैगरी बैठकले रेडियो तथा टेलिभिजनमा कार्यरत समाचार प्रमुख ओमप्रकाश गुप्तालाई स्टेशन म्यानेजरको जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी सन्तोषकुमार गुप्तालाई सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुखमा, अरुण पौडेललाई लेखा तथा प्राविधिक प्रमुख, विरेन्द्र गिरीलाई कार्यक्रम तथा विज्ञापन उत्पादन प्रमुख, अंशु बोहरालाई प्रमुख समाचार बाचिका तथा स्टेशन व्यवस्थापक र मधु मल्ललाई कार्यक्रम प्रस्तोताको जिम्मेवारी प्रदान गर्नुको साथै पद अनुसार पारिश्रमिक समेत निर्धारण गरेको छ ।

बैठकले २०७८ साउन १ गते देखि लागु हुने गरी शेयर निस्काशन गर्ने निणर्य समेत गरेको छ । बैठकमा सञ्चालक समितिका सचिव चन्द्रबहादुर जिसी, कोषाध्यक्ष मधुसुदन पौडेल, सदस्य ऋषि पौडेल र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे