जखेरातालमा सांसद चौधरीद्धारा चार वटा डुंगाको उद्घाटन



जखेरातालमा सांसद चौधरीद्धारा चार वटा डुंगाको उद्घाटन

भालुवाङ २६ असार । बिघटीत प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले जखेरातालको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले जखेराताल लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीयस्थल मात्र नभई गहना समेत भएको बताए ।स्थानीय निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रम अन्र्तगत सांसद चौधरीको सांसद विकास कोषबाट जखेरातालका लागि खरिद गरिएको तीन वटा प्लास्टिकका डुंगाको शनिबार उद्घाटन गदै सांसद चौधरीले यस्तो बताएका हुन् । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले जखेराताल विकासका लागि अब नयाँ प्रकारको प्रोजेक्ट र योजनाहरु आवश्यक रहेको बताउँदै सांसद चौधरीले त्यसका लागि विदेशी लगानीकर्ताहरु संग समन्वय भईरहेको बताए ।जखेरातालको विकासका लागि विदेशी लगानीकर्ताहरु समेत उत्साहित रहेको समेत बताए । उनले अब जखेरातालमा सयौँको डुँगाहरु थपेर चहलपहल बढाउन तर्फ समेत आफ्नो ध्यान गएको बताए । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लमही नगरपालिका ३ नम्बर वडाध्यक्ष बाबुराम चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।प्रतिष्ठानका कार्य समिती सदस्य केशबराज पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले गरेका थिए । सो अवसर सांसद चौधरीले डुंगाको रिबन काटेर उद्घाटन गर्नुका साथै सोही डुँगाबाट जखेरातालको सयर समेत गरेका थिए । तालमा अहिले एउटा १० जना यात्रु क्षमता रहेको मोटर डुंगा र तीन वटा ४/४ जना यात्रु क्षमता रहेको डुंगा तालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे