विपन्न दलित र मुस्लिम समुदायको लागी पक्की घर बनाईदै, सांसद शर्माद्धारा शिलान्यास



विपन्न दलित र मुस्लिम समुदायको लागी पक्की घर बनाईदै, सांसद शर्माद्धारा शिलान्यास
लमही २६ असार। लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लमही नगरपालिका वडा नं. ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नं. १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शिलान्यास गरेका छन् ।
प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गरेका हुन् । यो निर्णय लागु भएपछी तीन घर परिवार मुस्लिम समुदायको लागी पक्कि घर बनाइएको छ ।‘जसले घर बनाउन सक्दैन । आर्थिक रुपमा विपन्न छ उसको लागी जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको हो’ शर्माले भने–‘यो अवधीमा झण्डै एक सय घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।’
जनता आवास मार्फत लोपन्मुख, अल्पसंख्यक समुदाय, विपन्न दलित, विपन्न मुस्लिम समुदायकोलागी पक्कि घर बनाउने नीति छ । यही नीतिका आधारमा लुम्बिनी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्याल मार्फत एउटा घर निर्माण गर्न तीन लाख ३६ हजार रुपैयाँ अनुदानमा उपलब्ध गराइएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का संयोजक नारायण डिसी छम्पाली, नेकपा एमालेका नेता रतनकुमार केसी, सनमकुमार पौडेल, शसीराम नेपाली, मुस्लिम समुदायका अगुवा अजमल सिद्धिकी, चेतकान्त खनाल, नविन ओली, पत्रकार भानु जोशी लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे