हप्ताको दुई दिन तुलसीपुर र लमहीबाट सीडीयोले सेवा दिने



हप्ताको दुई दिन तुलसीपुर र लमहीबाट सीडीयोले सेवा दिने

दाङ २५ असार । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तुलसीपुर र लमही पुगेर पनि सेवा दिने बताएका छन् । भगौलिक दृष्टिकोणले दाङ उपत्यका ठुलो भएकाले सेवाग्राहीको सहजताका लागि लमही र तुलसीपुरबाट पनि सेवा दिने उनले बताए ।

जसले गर्दा सेवाग्राहीलाई धेरै समय लाग्ने र आवतजावत गर्न समस्या हुने भएकाले सेवाग्राहीको सहजताका लागी आफुले यस्तो निर्णय गरेको बताए । हाल जिल्ला प्रशासन कार्यालयसंगै ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा रहेका छन् । ईलाका प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी सेवा मात्रै नभएर अन्य विभिन्न सेवाहरु हुने भएकाले त्यस्ता सेवा आफुबाट प्रवाह हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे