क्यारेबियन सागरमा डुंगा दुर्घटना, दाङका तीन सहित ७ नेपाली बेपत्ता, एकको उद्दार



क्यारेबियन सागरमा डुंगा दुर्घटना, दाङका तीन सहित ७ नेपाली बेपत्ता, एकको उद्दार

काठमाडौं २५ असार । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् । विना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका छिर्न हिडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएपनि अहिलेमात्र सार्वजनिक भएको हो ।

डुंगामा ८ नेपाली र अन्य विवेशी गरेर १८ जना युवा रहेका थिए । जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् । क्यारेवियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको हो ।

डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुलसीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम÷ठेगाना खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे