दाङमा आज १० जनामा परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि
दाङ २५ असार । दाङमा आज एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा एक जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
राप्ती गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ४८ जना रहेका छन् । उनीहरु मध्य एक सय २७ जना घरमै, १४ जना अक्सिजन सहितको उपचारमा र आईसियूमा ७ जना विरामी रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
दाङमा बैशाख यता ८ हजार एक सय ६२ जनामा कोरोना पुष्टि भएको छ । ती मध्य ७ हजार ८ सय १० जना निको भएका छन भने २ सय ४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्