पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेजीको माग गर्दै तुलसीपुरमा विद्यार्थीद्धारा प्रर्दशन



पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेजीको माग गर्दै तुलसीपुरमा विद्यार्थीद्धारा प्रर्दशन

तुलसीपुर २५ असार । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल दाङ र अखिल (क्रान्तिकारी) जिल्ला समिती दाङले संयुक्त रुपमा प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि खारेजीको माग गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको हत्याका विरुद्ध संयुक्त बवरोध प्रदर्शन कार्यक्रम जिल्लाका दुई मुख्य शहर घोराही र तुलसीपुरमा प्रर्दशन गरेका हुन् ।

तुलसीपुरमा भएको विरोध प्रदर्शन कार्यक्रमलार्इ सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले कोरोनाले जनता आक्रान्त भएको बेला ढाड सेक्ने गरिएको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरे। नेपाली जनताले सरकारको अनुभुती गर्न नपाएको र जनता र राष्ट्रको मुक्तिको लागि आफुहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको खड्काको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपाल दाङका जिल्ला इन्चार्ज मनोजले चितवनकि युवती सुजिता भण्डारीको हत्यारालाई कार्वाहीको माग गरे । देशमा भइरहेका हत्या, हिंसा, बलात्कार, अपहरण जस्ता जघन्य अपराध राज्यकै संरक्षणमा भइरहेका छन, जनताको शान्ति सुरक्षा कसले गर्छरु उनले प्रश्न गरे। सांकेतिक रुपमा मोटरसाइकल डोर्‍याएर, पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेजीको माग गरिएका प्लेकार्ड लगाएत सामाजिक विकृती विसंगति विरुद्ध सचेतना मुलक प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे