दाङमा पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शन



दाङमा पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शन

दाङ २५ असार । दाङमा दलिय गठबन्धन निकट विद्यार्थी संगठनहरुले बिहीवार दाङमा सरकार विरुद्ध प्रदर्शन गरेका छन । महगी, भ्रष्टाचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मुल्यवृदी फिर्ता गर भन्दै उनीहरु घोराही सहिद गेट क्षेत्रमा सिटि फुकेर जुलुस निकालेका हुन् ।

कोणसभालाई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेल, समाजवादी युनियन संगठन दाङका जिल्ला अध्यक्ष दिपक पोख्रेल ,माधव नेपाल निकट अनेरास्ववियु दाङ सयोजक रबिन्द्र डाँगी, अखिल छैठो सचिव लक्ष्मण विक, नेपाल विद्यार्थी संघका रुद्र मणि रेग्मीले मन्त्ब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा बक्ताहरुले राष्ट्रियता, स्वाधिनता जनजिविका सवाललाई थाति राख्दै जनता र सविधानमा पटक–पटक घाट गरेको बताएका छन् । यस्ता कदम नरोकिए जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने विद्यार्थीहरुले बताएका थिए । कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारी दाङ सचिवालय सदस्य डिभाइड शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे