देउखुरीमा नेपालकै नमुना शहर बनाउँछौ : मन्त्री रिजाल



देउखुरीमा नेपालकै नमुना शहर बनाउँछौ : मन्त्री रिजाल

भालुवाङ २४ असार । लुम्बिनी प्रदेश ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको नमुना शहर बनाउने बताएका छन् । बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय भित्र रहेको मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रिजालले सो कुरा बताएका हुन् ।

मन्त्रालयले गर्ने काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रिजालले राप्ती नदीलाई व्यवस्थापन गरेर नदीको दुवै तर्फ सडक, हरितपार्क बनाउने पनि बताए । बुधवार देखि आफ्नो कार्य सम्हाल्नु भएका मन्त्री रिजालले आउँदो हिउँदे अधिवेशन र संसद बैठक पनि यहि ठाउँबाट गर्ने गरी काम भइरहेको बताएका छन् ।

यसै बिच पत्रकारले सोधेका विभिन्न जिज्ञासालाई मन्त्री रिजालले सम्बोधन समेत गर्नु भएको थियो । कार्यक्रममा देउखुरी क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण मन्त्रीका स्वकीय सचिव विनोद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे