नेपालमा थप १८७५ जनामा काेराेना सङ्क्रमण पुष्टि, १२८६ जना निकाे २९ जनाकाे मृत्यु



नेपालमा थप १८७५ जनामा काेराेना सङ्क्रमण पुष्टि, १२८६ जना निकाे २९ जनाकाे मृत्यु

काठमाण्डाै २४ असार । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार तीन सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय १८ जना र पाँच हजार एक सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ५७ जना गरी एक हजार आठ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार तीन सय ८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४ दशमलव पाँच प्रतिशत रहेको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय २० पुगेको छ । अहिले नेपालमा २७ हजार एक सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे