दाङका दुुई कोराेना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



दाङका दुुई कोराेना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

घोराही २४ असार । सिसा नेपाल दाङद्धारा जिल्लाका दुई कोरोना विशेष अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । सेवा प्रवाहमा थप सहयोग पुग्ने भन्दै स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको प्रमुख आथित्यता एवं प्रहरी प्रमुख सुरेसकुमार काप्लेको विशिष्ट आतिथ्यतामा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जिल्लामा रहेका लमही कोरोना विशेष अस्पताल देउखुरी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई करिब पाँच लाख बरावरको सामाग्री प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ मार्फत हस्तान्त्रण गरिएको हो ।

कारीतास नेपाल र कारितास जर्मनीको आर्थिक सहयोग र सिसा नेपाल दाङको सम्वनयमा आज एक औपचारी कार्यक्रमका विच वेड सिट, टेन्ट, पानी ट्याकीं, सेनिटाइजर, गोलोप्स, मास्क लगाएतका सामाग्री प्रदान गरिएको सिसा नेपाल दाङका केन्द्रिय अध्यक्ष सिद्धिकीले जानकारी दिएकी छिन् भने कार्यक्रमकाे सहजीकरण दिपक वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे