नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द



नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द

काठमाण्डौ २४ असार । नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ ।

सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।

यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे