सिसहनियाँमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते



सिसहनियाँमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

सिसहनियाँ २२ असार । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।

लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ कमलरोड सिसहनियाँमा भालुवाङ देखि सिंगे तर्फ जाँदै गरेको रा ४ प ४७३२ नम्बरको मोटरसाइकलले मंगलवार दिउँसो १ः४५ बजेको समयमा पैदल हिडिरहेको बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको छ ।

मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी धनीराम शर्माका ६ वर्षिय छोरा सुवास शर्मा घाइते भएका छन् । घाइते बालकको सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे