दाङमा चोरीको कार सहित १ जना पक्राउ



दाङमा चोरीको कार सहित १ जना पक्राउ

दाङ २२ असार । दाङमा चोरीको कार सहित १ जना पक्राउ परेका छन् । आज भन्दा १०-१५ दिन अगाडी  धादिङबाट बा १६ च ८७३५ नम्बरको कार चोरी भएकोमा आज  ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङको प्रहरी टोलीले नियमित सवारी साधन चेकजाच गर्ने क्रममा तुलसीपुर उप-महानगरपालिका वडा नं.५ न्युरोड बस्ने बर्ष १७ का नबिन सार्की पक्राउ परेका हुन् ।

उनले चलाई रहेको अवस्थामा उक्त बा.१६च. ८७३५ नं. को कार फेला पारी तत्काल उक्त कार तथा चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई आवश्वक अनुसन्धान भई रहेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

उक्त कार कोही कसैको भएमा आवश्यक कागजपत्र साथमा ल्याई यस जिल्ला प्रहरी कार्यालय दाङ (९८५७८९०१०१,९८५७८९०१८७) मा सम्पर्क गर्न हुन अनुरोध समेत गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे